२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • बिहीबार , माघ १० २०८१
  • 4.9K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव  कार्यक्रम सम्पन्न

    काठमाडाैं, माघ १० । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६०औं वार्षिकोत्सव समारोह बिहीबार एक समारोहकाबीच सम्पन्न भएको छ ।

    कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा अगाउन आग्रह गर्दै औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गरे ।

    उनले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरू बैंकलाई उछिन्ने गरी कार्य गर्नका लागि शुभकामना दिए । प्रमुख अतिथि एवं माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलले बैंकको ६०औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८१ विमोचन गरेका थिए । बैंकको ६०औं वार्षिककोसवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरे ।

    अर्थमन्त्री पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको स्वीच थिचेर डिजिलट माध्यमबाट उद्घाटन गरे । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए । यो बैंकको पुँजीको विकासको लागि आउने प्रस्तावप्रति राष्ट्र बैंक उदार रहेको बताए ।

    बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए ।

    उनले यस बैंकले सुन खरीद बिक्री गर्ने कार्य समेत सुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

    RBB Bank day 2081.jpg

    बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै हामीले भर्खरै आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पौष २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको जानकारी गराए ।

    २०८१ पौष मसान्तमा बैंकको कुल निक्षेप रु. ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट रु.२ खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । उनले २०८१ पौष मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको बताए । यसैबीच बैंकको ६०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसरबाट वित्तीय साक्षरताका लागि प्रभातफेरि कार्यक्रमको आजै बिहान आयोजना गरिएको छ ।

    बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।

    बैंकको केन्दीय कार्यालयबाट शुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा व्यानर सहित भद्रकाली, शहिदगेट, न्युरोडगेट, रत्नपार्क, राष्ट्रिय सभागृह मोड र पुनः भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो ।

    Pravatferi 2081 RBB.jpg

    आज भन्दा ६० वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंकसँग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब ४६ लाख भन्दा बढी पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमूकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।

    कार्यक्रममा बैंकका शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend