२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नागरिकताको विषयमा सामूहिक आत्मदाह भए जिम्मेवारी कसले लिन्छ  : संसदमा अब्दुल खान


सञ्चार डबली
  • बिहीबार , जेठ ३२ २०८०
  • 8.4K
    SHARES

  • images
    नागरिकताको विषयमा सामूहिक आत्मदाह भए जिम्मेवारी कसले लिन्छ  : संसदमा अब्दुल खान

    काठमाडौं, ३२ । प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकता विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिन्छ भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

    सोही क्रममा केही दिनअघि एक प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेको घटना स्मरण गराउँदै बैठकमा उनले भने, ‘सरकारको ध्यान कता छ ? नागरिकताबाट वञ्चितहरूले माइतीघरमा आत्महत्याको कोसिस हुँदै छ । यो रोकिएन र भोलि सामूहिक आत्मदाह भयो भने कसले जिम्मेवार लिने सरकार कि न्यायालयले ?

    नागरिकले नागरिकता माग्नु अपराध भए गोली हानेर लखट्न भन्दै उनले भने, के नागरिकता माग्नु अपराध हो रु यो अपराध हो भने गोली हानेर धपाउनुहोस्, नभए नेपाली हामी नागरिकलाई नागरिकता दिनुहोस् ।’सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याए पनि न्यायालयले रोकेकोप्रति असन्तुष्टि जनाउँदै उनले यसबारे गृहमन्त्रीको समेत जवाफ मागेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend