२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वर्षाका कारण पहिरो जाँदा बेसिशहर चामे सडक अवरुद्ध


सञ्चार डबली
  • बिहीबार , जेठ ३२ २०८०
  • 7.9K
    SHARES

  • images
    वर्षाका कारण पहिरो जाँदा बेसिशहर चामे सडक अवरुद्ध

    काठमाडौ, ३२ जेठ । बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए।

    खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ। यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयबासीको भनाइ छ।

    यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इञ्जीनियर अधिकारीको भनाइ छ। यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend