२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१६ दशमलव ४२ अंकले बढ्यो शेयर बजार


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 9.0K
    SHARES

  • images
    १६ दशमलव ४२ अंकले बढ्यो शेयर बजार


    काठमाडौं, ३१ जेठ । साताको चौथो कारोबारको दिन पनि शेयर बजारमा रौनक छाएको छ । यो साता शेयर बजार लगातार उकालो लागिरहेको हो । बुधबार नेप्से परिसुचक १६ दशमलव ४२ अंकले बढेको छ । आज नेप्से परिसुचक शुन्य दशमलव ८१ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ ।

    नेप्से परिसुचकसंगै क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८२ अंकले उकालो लागेको छ । आज दिनभर भएका ७९ हजार ४ सय ६१ कारोबारबाट २७५ कम्पनीका १ करोड २५ लाख ६१ हजा ४ सय ४० कित्ता शेयरर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ पुगेको छ ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend