२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज बस्दै


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 8.6K
    SHARES

  • images
    राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज बस्दै

     

    काठमाडौ, ३१ जेठ । राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ । सभा अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ । साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ ।

    यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सानसम्बन्धी प्रस्तावहरु पनि पेस गरिँदै छ ।

    यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend