२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नारायणी डेभलपमेन्ट बैंकले बोलायो २१औं वार्षिक साधारणसभा


सञ्चार डबली
  • मंगलबार, जेठ ३० २०८०
  • 7.9K
    SHARES

  • images
    नारायणी डेभलपमेन्ट बैंकले बोलायो २१औं वार्षिक साधारणसभा

     

    काठमाडौ, ३० जेठ । नारायणी डेभलपमेन्ट बैंकले २१औं वार्षिक साधारणसभा आगामी १ असारमा बोलाएको छ । सभा होटल मोनालिसा, सौराहा चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

    सभामा बैंकले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ ।

    सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले असार १० बुक क्लोज गर्ने जनाएको छ । यसआधारमा ९ असारसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend