२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रचण्ड र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा


सञ्चार डबली
  • मंगलबार, जेठ ३० २०८०
  • 7.8K
    SHARES

  • images
    प्रचण्ड र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

    काठमाडौं, ३० जेठ । पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

    प्रचण्ड र बाबुराम भट्टराईले नेतृत्वको गरेको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको जिकीर गर्दै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने र आफूहरुमाथि लगाइएको ‘अयोग्य लडाकु’को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दर्ता गरेका थिए ।

    उक्त मुद्दामा आज सुनुवाइ हुन लागेको हो । रिटमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाबुराम भट्टराई, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend