२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माग पूरा नभए २ असारदेखि विद्यालय बन्द गर्ने आन्दोलनरत कर्मचारीको चेतावनी


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 8.8K
    SHARES

  • images
    माग पूरा नभए २ असारदेखि विद्यालय बन्द गर्ने आन्दोलनरत कर्मचारीको चेतावनी

     

    काठमाडौं, २९ जेठ । सामुदायिक विद्यालयका आन्दोलनरत कर्मचारीले आफ्ना माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीले १ असारसम्ममा आफूहरुको माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

    न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् । सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend