२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि आज पनि भएन सुनुवाइ


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 7.5K
    SHARES

  • images
    गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि आज पनि भएन सुनुवाइ


    काठमाडौं, २९ जेठ । आज पनि सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सुनुवाइ भएन । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन नसकेको हो । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

    उक्त रिट निवेदनमाथि सुनुवाइका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend