२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाउने अर्थ समितिको निर्णय


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 8.8K
    SHARES

  • images
    गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाउने अर्थ समितिको निर्णय


    काठमाडौं, २९ जेठ । संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ ।

    आज सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो ।

    यसअघि बैठकमा सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाउँदै धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा माग गरेकी दिइन् । यस्तै सांसद ज्ञानेन्द्र शाही, पूर्णबहादुर तामाङसमेतले बैंकको कार्यक्षमतामा प्रश्न उठाएरपछि गभर्नर अधिकारीलाई बोलाएर छलफल गर्ने समितिले निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend