२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको १ असारमा अन्तिम सुनुवाइ गर्ने


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 7.4K
    SHARES

  • images
    प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको १ असारमा अन्तिम सुनुवाइ गर्ने

     

    काठमाडौ, २९ जेठ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको १ असारमा अन्तिम सुनुवाइ गर्ने भएको छ । आज बसेको समितिको बैठकमा आउँदो १ असारमा अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरिएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा बसेको सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरीका विषयमा छलफल भएको छ ।

    गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि समितिले १६ जेमा कार्कीविरुद्ध १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो । उक्त समयावधिमा कार्कीविरुद्ध २९ उजुरी परेका छन् । ती उजुरी सोमबारको बैठकमा खोलिएको छ ।

    योसँगै अब समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग र बिहीबार कार्कीलाई बोलाएर छलफल गर्ने भएको छ । उक्त कार्यतालिका सोमबारको बैठकमा प्रस्तुत गरिएको छ । प्रधानन्यायाधीशमा प्रस्तावित कार्की ६५ वर्षे उमेरहदका कारण आउँदो २० साउनदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend