२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने :  कृषिमन्त्री भुसाल


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 8.1K
    SHARES

  • images
    बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने :  कृषिमन्त्री भुसाल

     

    काठमाडौं,जेठ २८ गते । चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको कृषि, विज्ञान तथा प्रविधिमन्त्री वेदुराम भुसालले बताएका छन्। भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मल खरिद भइसकेको हुँदा कुनै समस्या नहुने दाबी गरेका हुँन् । 

    ‘सधैँभर मलको हाहाकार हुने भएकाले मलको निम्ति बजेटको सुनिश्चितता नै प्रमुख कुरा हो, बजेटको सुनिश्चितता नभएकाले नै यो समस्या आइरहेको थियो, त्यसलाई अन्त्य गर्न बजेट पारित भएपछि नै मल सुनिश्चितता हुनेगरी बजेट निकासा गर्न लगाएका छौँ,’ उनले भने, ‘यो वर्ष चाहिने जति मल खरिद गरी सकिएको छ। केही आइसकेको छ, केही आउने क्रममा छ। धेरै ठूलो संकट पर्दैन।’

    मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णयक भने नभएकाले आफ्नो हिसावले काम गर्न नसकेको बताए। उनले मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको बताएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend