२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन् : ओली


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 8.4K
    SHARES

  • images
    भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन् : ओली


    काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । आज काठमाडौँमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको आरोप लगाएका हुँन्।

    अध्यक्ष ओलीले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताए ।ओलीले भने, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । भनेको प्रतिबद्धता, यी कमिटमेन्ट, योजना केही पनि २५ प्रतिशत पनि मिलेन । देश त्यति नराम्ररी देश पछाडि परेको छ ।

    सरदर ६ दशमलव ५ पुगिसकेको उत्पादन वृद्धिदर हामीले त ७ दशमलव १ प्रतिशत पुर्‍याएका थियौँ । सरदर नै भन्ने हो भने पनि हामीले ६ दशमलव १ प्रतिशत उत्पादन वृद्धि पुर्‍याएका थियौँ । त्यो घटेर २ भन्दा तल आइसक्यो । अहिले कोभिडसोभिडको मारले यस्तो भएको होइन । अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend