२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

धरहराको पहिलो दिन १ लाख २० हजार भन्दा बढी रकम संकलन


सञ्चार डबली
  • सोमबार, मंसिर १० २०८१
  • 7.0K
    SHARES

  • images
    धरहराको पहिलो दिन १ लाख २० हजार भन्दा बढी रकम संकलन


    काठमाडौं ।  धरहराले पहिलो दिन १ लाख २० हजार भन्दा बढी रूपैयाँ संकलन गरेका छ । धरहरा ब्यवस्थापन समितिका अनुसार सशुल्क सञ्चालनमा आए पछि पहिलो दिन १ लाख २० हजार ६५० रूपैयाँ राजश्व संकलन भएको हो । यस अघि निःशुल्क चढने ब्यवस्था गरे पनि आइतवारवाट शुल्क लगाउन सुरू गरिएको थियो । जसअनुसार आइतवार पहिलो दिन ६६३ जनाले चढेका थिए ।

    धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेक पर्यटकलाई १ हजार शुल्क लगाउन सुरू गरिएको छ ।साथै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।

    धरहरा गत असोज ३ को संबिधान दिवसको दिनवाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । गत शनिवारसम्म धरहरा चढन पैसा नलागे पनि हिजोवाट भने पैसा तिरेर मात्रै धरहरा चढने नियम बनाइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend