२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गरिमा विकास बैंकद्वारा बार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस कम्पिटिसन’ सम्पन्न


सञ्चार डबली
  • आइतबार, मंसिर ९ २०८१
  • 8.3K
    SHARES

  • images
    गरिमा विकास बैंकद्वारा बार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस कम्पिटिसन’ सम्पन्न

    काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले ‘स्वस्थ जीवनशैली’का लागि खेलकुुद भन्ने नाराका साथ १८औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित ‘गरिमा रोड रेस कम्पिटिसन–२०८१’ सम्पन्न भएको छ । प्रमुख अतिथि कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको रोड रेस कम्पिटिसनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटै प्रतियोगिता सम्पन्न भएको हो ।

    खुल्लातर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगेर पुनः लाजिम्पाट, काठमाडौँ आई समापन हुने गरी रुट तय गरिएको ।

    त्यस्तै, कर्पोरेटतर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँबाट शुरु भई नारायणगोपालचोक पुगेर पुनः लाजिम्पाट काठमाडौँ आई समापन हुने गरी रुट तय गरिएको थियो ।

    कुल ६५० जना भन्दा बढी धावकहरूको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरूलाई क्रमशः ७५ हजार रुपैयाँ, ६० हजार रुपैयाँ, ४५ हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

    2.jpg
    undefined

    गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए ।

    विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए ।

    कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपाल का अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ५ कि.मी.र १० कि.मी. दुरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए ।

    साथै, विकास बैंकले कार्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रति गोल १ लाख रुपैयाँको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको १ लाख रुपैयाँ नगद पुरस्कार समेत आज आयोजित उक्त कार्यक्रममा अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ ।

    गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा यस कार्यक्रम सहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

    विकास बैंकको १८औं वार्षिकोत्सवको अवसरमा उपस्थित सम्पूर्ण ग्राहकहरूसहित स्थापनादेखि हालसम्मको गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने हाम्रा सेवाग्राही, शेयरधनीहरू, नियमनकारी निकायहरू, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकहरूप्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ ।       

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend