२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अष्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल, हजारौंको उत्साहजनक सहभागिता


सञ्चार डबली
  • आइतबार, मंसिर ९ २०८१
  • 6.6K
    SHARES

  • images
    अष्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल, हजारौंको उत्साहजनक सहभागिता


    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४ मा उत्साहजनक सहभागिता भएको छ । शनिबार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा नेपाली कलाकारहरुले भरपुर मनोरन्जन समेत दिलाए । नेपाली कला–संस्कृति झल्कने प्रदर्शनी र कलाकारहरुको प्रस्तुतीमा आगन्तुकहरुले भरपुर मजा लिएका छन् । करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको दाबी छ ।

    फेस्टिभल सुरु हुनुअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा गर्दा विदेशीहरुले चाख दिएर अवलोकन गरेका थिए । फेस्टिभल अघि आयोजित डिनर कार्यक्रममा अष्ट्रेलियामा बसोबास गर्ने प्रतिष्ठित व्यक्तिहरुले सहभागिता जनाएका थिए ।

    महोत्सवमा पहिलोपटक  प्रिमियर क्रिस मिन्स सहभागी भए । प्रिमियर मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान समेत सहभागी थिए । महोत्सवमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो जसमा नेपाली धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतीक मनोरञ्जन दिएका थिए । 

    एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको सिड्नी संस्करण सबैभन्दा पुरानो हो । नेपाल फेष्टिभलमार्फत नेपालीहरुले अष्ट्रेलियामा आफ्नो उपस्थितिलाई सेलिब्रेट गर्ने गरेका छन् । नेपाल फेष्टिभलको लागि २ लाख ५० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend