२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार  मूल्य


सञ्चार डबली
  • शनिबार, कात्तिक १० २०८१
  • 6.8K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार  मूल्य


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज टनेल गोलभेडाको भाउ १३० रुपैयाँबाट १२२ रुपैयाँमा झरेको छ । त्यस्तै, ठूलो गोलभेडा (भारतीय) को औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, लोकल सानो गोलभेडा ११० रुपैयाँ, रातो आलु ८२ रुपैयाँ ६७ पैसा, रातो आलु ९भारतीय० ६४ रुपैयाँ, मुडेको रातो आलु ७२ रुपैयाँ ३३ पैसा, लोकल गाजर र स्थानीय काउली ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराई बन्दा ३५ रुपैयाँ तोकिएको छ । 

    यसैगरी लाम्चो भन्टा, तितो करेला, तराई परवर, पाकेको फर्सी र घिरौला प्रतिकेजी ६५ रुपैयाँ, तने बोडी ११५ रुपैयाँ, मकै बोडी ७१ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, घिउ सिमी, मटरकोशा र चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ, राजमा घिउ सिमी १८० रुपैयाँ, टाटे सिमी, लोकल परवर, लाम्चो हरियो फर्सी, भिण्डी, रायोको साग र पालूगो साग प्रतिकेजी ७५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ ६७ पैसा, कुरीलो एक हजार रुपैयाँ र ब्रोकाउली १९० रुपैयाँ निर्धारण गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend