२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

माछापुच्छ्रे क्यापिटलको ७८ हजार ४९४ कित्ता शेयर बिक्रीमा


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ९ २०८१
  • 7.3K
    SHARES

  • images
    माछापुच्छ्रे क्यापिटलको ७८ हजार ४९४ कित्ता शेयर बिक्रीमा

    काठमाडौँ, कात्तिक ९ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    बैंकले संस्थापक शेयरधनी पंकज चन्द्र श्रेष्ठको २९ हजार ९६५ कित्ता, साकार लाल श्रेष्ठको २८ हजार ९३ कित्ता र आशिष श्रेष्ठको २० हजार ४३६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

    उक्त शेयर क्यापिटलका संस्थापक शेयरधनीहरूले खरीद गर्न पाउँछन् । इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित खरीद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई ३५ दिनभित्र क्यापिटलको केन्द्रीय कार्यालय बागदरबार, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

    साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीले खरीदका लागि आवेदन नदिएमा सर्वसाधारणमा बिक्री खुला गरिने क्यापिटलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend