काठमाडौं, कात्तिक ९ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने केही घटेको छ ।
बिहीबार तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


