२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

वित्तीय विवरण सार्वजनिकः वाणिज्य बैंकहरुको खुद नाफा १६ अर्ब २३ करोड


सञ्चार डबली
  • बुधबार, कात्तिक ७ २०८१
  • 7.2K
    SHARES

  • images
    वित्तीय विवरण सार्वजनिकः वाणिज्य बैंकहरुको खुद नाफा १६ अर्ब २३ करोड


    काठमाडौं । सबै वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा समग्रमा २१ दशमलव ६३ प्रतिशत बढेको छ । 

    यस वर्ष पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले कुल १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका हुन । गत वर्ष यस अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थिए ।

    वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सर्वाधिक नाफा गरेको छ भने एनआईसी एशिया बैंकको सबैभन्दा कम रहेको छ । नबिल बैंकले गत वर्षभन्दा यस वर्ष ३९ दशमलव ९७ प्रतिशत नाफा बृद्धि गर्दै २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

    सबैभन्दा कम नाफा गर्ने एनआईसी एशिया बैंकले भने गत वर्षभन्दा ८९ प्रतिशत कम ११ करोड ५ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको तथ्याङ्क छ । गत वर्ष यस अवधिसम्म यस बैंकले १ खर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

    गत वर्षको तुलनामा यस वर्ष २० वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकसँगै राष्ट्रिय वाणिज्य बैंकको ८२ दशमलव ४० प्रतिशत, सिटिजन्स बैंकको १२ दशमलव ५५ प्रतिशत, हिमालयन बैंकको ३१ दशमलव २२ प्रतिशत, सानिमा बैंकको १७ दशमलव २७ प्रतिशत,माछापुच्छ्रे बैंकको ७ दशमलव १९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ दशमलव ८२ प्रतिशत खुद नाफा घटेको छ ।

    गत वर्ष ८८ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कृषि विकास बैंकले भने नोक्सानी सुधार्दै १९ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend