२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ग्लोबल आईएमई बैंकको नाफा बढेर १ अर्ब ५१ करोड पुग्यो, अन्य अवस्था कस्तो ?


सञ्चार डबली
  • बुधबार, कात्तिक ७ २०८१
  • 5.7K
    SHARES

  • images
    ग्लोबल आईएमई बैंकको नाफा बढेर १ अर्ब ५१ करोड पुग्यो, अन्य अवस्था कस्तो ?

    काठमाडौं, कात्तिक ७ । ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि देखियको छ ।

    असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी पनि १९.४० प्रतिशतले बढेको छ। समिक्षा अबधी सम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता १४.१८ रुपैयाँ रहेको छ ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७४.२० रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा बढेर ४.६७ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ४.३८ प्रतिशत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend