२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, कात्तिक ६ २०८१
  • 5.2K
    SHARES

  • images
    दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?


    काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आइतबार र सोमबार गरी दुई दिनमा १०५.४३ अंकले घटेको नेप्से मंगलबार भने २५.८८ अंकले बढेको छ। आज नेप्से ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा बन्द भएको छ। 

    मंगलबार कारोबार रकममा भने गिरावट आएको छ। गत कारोबार दिन अर्थात् सोमबार पाँच अर्ब ९० करोडको कारोबार भएकोमा यसदिन चार अर्ब १७ करोडको कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ७३ करोड रूपैयाँ कमी आएको हो।आज ३१४ वटा धितोपत्रको एक करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच भएको हो।

    मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन रावा इनर्जीको सेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८६० रूपैयाँ कायम भएको छ।

    यसैगरी, मनकामना इन्जिनियरिङको मूल्य ७.८२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०० रूपैयाँ पुगेको छ।यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक ४.७५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७३० रूपैयाँमा झरेको छ।

    कालिका लघुवित्तको मूल्य ४.६९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३८ रूपैयाँ ९० पैसा कायम भएको छ।मंगलबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४५ रूपैयाँ १० पैसामा १७ करोड ३२ लाखको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २४० रूपैयाँ ९० पैसामा १३ करोड ८० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशतले बढेको छ भने दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.१४ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend