२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रपतिद्धारा गरिएको नागरिकता प्रमाणिकरण संविधानको प्रतिकुलः सर्वोच्च बार


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 13.5K
    SHARES

  • images
    राष्ट्रपतिद्धारा गरिएको नागरिकता प्रमाणिकरण संविधानको प्रतिकुलः सर्वोच्च बार


    काठमाडौं, २४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणिता गरेको नागरिकता विधेयक नेपालको संबिधान प्रतिकुल भएको सर्वोच्च अदालत, बार एसोसिएशनले जनाएको छ । सर्वोच्च अदालत, बारका अनुसार राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको जनाउँदै अदालतले थप निरुपण गर्ने उल्लेख गरेको छ ।

    ‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएशनको ठम्याइ छ,’ सचिव श्यामकुमार खत्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानुनबमोजिम व्याख्या हुने नै छ ।’ सर्वोच्च बारको हिजो साँझ बसेको आकस्मिक बैठक पछि सो निर्णय सार्वजनिक भएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलले अघिल्लो संसदमा बहुमतले पारित भएर बिद्यादेवी भण्डारीको कार्याकालमा राष्ट्रपति कार्यालय पुगेको विधेयकलाई ८ महिना पछि प्रमाणिकरण गरेका थिए ।

    सामान्यतयाः संघीय संसदका सभामुखले पठाएको विधेयक लाई राष्ट्रपतिले प्रमाणिकरण गर्ने नियम भए पनि मन्त्रीपरिषदको सिफारिसमा पठाईएको बिद्येयकलाई राष्ट्रपति पौडेलले प्रमाणिकरण गरे पछि विवाद भएको थियो । सो पछि सर्वोच्च अदालतमा मुछा परेको र अदालतले सो विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिईसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend