२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

खप्तडको समग्र विकासका लागि पहल गर्नेछु : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • मंगलबार, जेठ २३ २०८०
  • 8.2K
    SHARES

  • images
    खप्तडको समग्र विकासका लागि पहल गर्नेछु : प्रधानमन्त्री दाहाल

    काठमाडौं, २३ जेठ । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । आज सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रलाई आर्थिक, पर्यटन तथा धार्मिक केन्द्रका रूपमा विकास गर्ने बताएका छन् ।

    यसका लागि छुट्टै कोष वा प्रतिष्ठान बनाउने उनको भनाइ छ । खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको केन्द्र रहेको र यसलाई आर्थिक केन्द्र बनाउन सकिने प्रधानमन्त्री प्रचण्डले बताए ।

    तीन दिनसम्म चल्ने सम्मेलनमको उद्घाटनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावल तथा भारतीय धार्मिक गुरु रामदेव र आचार्य बालकृष्णलगायतको उपस्थिति छ ।

    सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा सम्मेलनको आयोजना गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend