२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेडादेखि हरियो सागसम्मको भाउ


सञ्चार डबली
  • शनिबार, कात्तिक ३ २०८१
  • 7.8K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेडादेखि हरियो सागसम्मको भाउ


    काठमाडौं ।  काठमाडौँमा आज शनिबार गोलभेडा, आलु, गाजर, करेला, परवरदेखि हरियो सागसम्मको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसारक आज लोकल सानो गोलभेडाको भाउ बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ भने टनेल गोलभेडा १३० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, रातो आलुको भाउ प्रतिकेजी ८७ रुपैयाँ ६७ पैसा, रायो र पालूगो साग ११० रुपैयाँ, चमसूरो साग २२६ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ पुगेको छ । 

    त्यस्तै, घिउ सिमी प्रतिकेजी ७० रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, ब्रोकाउली १२२ रुपैयाँ ५० पैसा र कन्य च्याउ १३० रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend