काठमाडौँ, कात्तिक २ । माछापुच्छ्रे बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले १० लाख ५० हजार बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक योग्य आवेदनकर्ता व्यक्ति वा संस्थालाई आवेदन दिन आग्रह गरिएको छ।
बैंकका संथापक सेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका हुन् ।
बैंकले यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले ७ दिन भित्र माछापुच्छ्रे क्यापिटलको कार्यलय सुन्धारा, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सब्नेछन् ।


