२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गरिनेछ : अध्यक्ष ढकाल


सञ्चार डबली
  • बुधबार, असोज ३० २०८१
  • 6.0K
    SHARES

  • images
    स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गरिनेछ : अध्यक्ष ढकाल


    काठमाडौं ।  स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको लगानीमा कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताएका हुन् ।

    अध्यक्ष ढकालले जिल्ला–जिल्लाका व्यवसायीहरूले लगानीका लागि अवसर खोजिरहेकाले त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या नहुने बताएका छन् । अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’

    डेढ वर्षको अवधिमा लगानी प्रवर्द्धनका लागि देशभित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलममा सरकारले लगानीमैत्री वातावरण बनाउन ८ वटा कानुन शंशोधन गरेको अध्यक्ष ढकालले जानकारी गराए । निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय र कर सम्बन्धी समस्या लगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend