२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन आज  


सञ्चार डबली
  • बुधबार, असोज ३० २०८१
  • 7.5K
    SHARES

  • images
     यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन आज  


    काठमाडौं । यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । 

    सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको समितिले जनाएको छ। कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक १ गतेदेखि बडादशैँ समापन हुन्छ।

    आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउन सुरु भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend