२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यो वर्षका लागि लाभांश सिजन सुरु, पाँच बैंकले गरे लाभांश घोषणा


सञ्चार डबली
  • सोमबार, असोज २८ २०८१
  • 8.2K
    SHARES

  • images
    यो वर्षका लागि लाभांश सिजन सुरु, पाँच बैंकले गरे लाभांश घोषणा

     

    काठमाडौं ।  यो वर्षका लागि लाभांश सिजन सुरु भइसकेको छ । विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीलाई वितरण गर्ने प्रतिफल धमाधम घोषणा गरिरहेका छन् ।

    यी मध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पाँच वटा बैंकले लाभांश घोषणा गरेका हुन् । हालसम्म चार वटा वाणिज्य बैंक र एक विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

    हालसम्म एभरेष्ट बैंक, सिटिजन्स, ग्लोबल आइएमई, सानिमा र कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेका छन् ।

    एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने भएको हो । यो लाभांश बैंकको साधारण सभाले पारित गरिसकेको छ । दशैं अघि नै बैंकले सेयरधनीको खातामा नगद लाभांश पठाइसकेको पनि छ ।

     

    यस्तै, यो वर्ष सिटिजन बैंकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त प्रस्तावित लाभांश पारित गर्न आगामी कात्तिक १२ गते साधारण सभा बोलाएको छ । बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज २९ गते बुक क्लोज गर्ने भएको हो ।

    यता, सानिमा बैंकले पनि यो वर्ष आफ्ना सेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले यो वर्ष नगद लाभांश मात्रै दिने भएको हो । बैंकको बुक क्लोज भने बाँकी नै छ ।

    यस्तै, ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनश सेयर मात्रै दिने घोषणा गरेको छ । यता, विकास बैंक तर्फ भने हालसम्म कामना सेवा विकास बैंकले मात्रै लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभाशं दिने भएको हो । बैंकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) दिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend