२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ऋण लगानीको साढे ७ प्रतिशत हिस्सा उर्जा क्षेत्रमा


सञ्चार डबली
  • सोमबार, असोज २८ २०८१
  • 8.8K
    SHARES

  • images
    ऋण लगानीको साढे ७ प्रतिशत हिस्सा उर्जा क्षेत्रमा

     

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले उर्जा क्षेत्रमा ३ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। चालु आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा कुल कर्जाको ३ खर्ब ८२ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेका हुन्।

    कुल कर्जामा यस क्षेत्रमा जाने कर्जाको हिस्सा ७.४० प्रतिशत छ। साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५१ खर्ब ६९ अर्ब २९ रुपैयाँ लगानी गरेका छन्।

    यस अवधिमा वाणिज्य बैंकहरूले मात्रै उर्जा क्षेत्रमा ३ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। विकास बैंकहरूले ९ अर्ब ९० करोड र फाइनान्स कम्पनीले ७० करोड रुपैयाँ लगानी गरेका छन्।

    राष्ट्र बैंकले जलविद्युत्लाई प्राथमिकता प्राप्त क्षेत्रमा राखेको छ। वाणिज्य बैंकहरूले २०८१ असारसम्म कर्जाको न्यूनतम साढे ६ प्रतिशत जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्छ। प्राथमिकताको क्षेत्रमा लगानीको सीमा कायम गर्न नसके नियामकीय कारबाहीको व्यवस्था छ।

    तोकिएका क्षेत्रमा प्रवाह गरिने कर्जा गणना, ६ महिनाअघिको जम्मा बक्यौता कर्जा तथा सापटीका आधारमा २०८१ पुस मसान्तदेखि सुरु गरी त्यसपछिको प्रत्येक त्रैमासमा सीमा कायम गर्न नसके कारबाही गरिने राष्ट्र बैंकका अधिकारीको भनाइ छ। राष्ट्र बैंकका बैंक निर्देशक डिल्लीराम पोखरेल जलविद्युत् क्षेत्रमा बैंकहरूले लगानी बढाउन आवश्यक रहेको बताउँछन्।

    ‘जलविद्युत्ले धेरै क्षेत्रमा प्रभाव पार्ने हुँदा बैंकहरूको गर्नुपर्ने न्यूनतम लगानीको सीमा तोकेर निर्देशनात्मक व्यवस्था गरिएको हो,’ उनले भने, ‘२०८४ असारसम्म बैंकहरूले जलविद्युत्मा १० प्रतिशत लगानी गर्नुपर्छ। हामीले भनेको समयमा न्यूनतम सीमा कायम नगरे कारबाही हुन्छ।’ जलविद्युत् क्षेत्रमा जाने कर्जा बढ्दा त्यसले निर्माणसँगै अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend