२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 बुद्ध एयरको हवाई टिकटमा कामना सेवा विकास बैंकका ग्राहकले विशेष छुट पाउने


सञ्चार डबली
  • बिहीबार , असोज २४ २०८१
  • 7.0K
    SHARES

  • images
     बुद्ध एयरको हवाई टिकटमा कामना सेवा विकास बैंकका ग्राहकले विशेष छुट पाउने


    काठमाडौं  । कामना सेवा विकास बैंकले बुद्ध प्रालिसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयर टिकटको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन ।

    साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाईल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    उक्त छुटसम्वन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् । कामना सेवा विकास बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकटमा आकर्षक छुट पाउने

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend