२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

युनिलिभर नेपाल र सिटिजन्स बैंकको नाफा सुरक्षित गर्ने अन्तिम दिन आज 


सञ्चार डबली
  • बुधबार, असोज २३ २०८१
  • 6.2K
    SHARES

  • images
    युनिलिभर नेपाल र सिटिजन्स बैंकको नाफा सुरक्षित गर्ने अन्तिम दिन आज 


    काठमाडौं । आज युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ युनिलिभर नेपालले असोज २८ गतेदेखि बुकक्लोज गर्दैछ भने सिटिजन्स बैंकले असोज २९ गते बुकक्लोज गर्दैछ। भोलीदेखि असोज २८ गतेसम्म दशैँ बिदाका कारण शेयर कारोबार बन्द हुने भएकोले यी कम्पनीहरुको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो।

     यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। युनिलिभर नेपाल लिमिटेड  कात्तिक १२ गते, सोमबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।

    सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

    त्यसैगरी, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले कात्तिक १२ गते, सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend