२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • बुधबार, असोज २३ २०८१
  • 6.4K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज दुई रुपैयाँले घटेर ११० रुपैयाँ कायम रहेको छ । 

    त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला १० रुपैयाँले घटेर ४० रुपैयाँ पुगेको छ । गोलभेडा ठूलो १३०,लोकल गोलभेडा सानो ८० रुपैयाँ रहेको छ । 

    रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १३० रुपैयाँ, बरेला २० रुपैैयाँले घटेर  १२० रुपैयाँ, कन्य च्याउ २० रुपैयाँले घटेर १५० रुपैयाँ, ब्रोकाउली १० रुपैयाँले घटेर १५० रुपैयाँ रहेको छ ।

    आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १० रुपैयाँले घटेर १२० रुपैयाँ रहेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ नै कायम छ । फूजी स्याउ पनि ४० रुपैयाँले घट्दै  २६० रुपैयाँ कायम भएको छ  केराको मूल्य भने १० रुपैयाँले बढ्दै १५० पुगेको छ । अनारको मूल्य ह्वात्तै बढेको छ । हिजो ३३० रुपैयाँ तोकिएकोमा आज ३८० रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend