२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राष्ट्र बैंकले बढायो वालेटको सीमा, एकैदिन ३० पटकसम्म कारोबार गर्न पाइने


सञ्चार डबली
  • बुधबार, असोज २३ २०८१
  • 6.3K
    SHARES

  • images
    राष्ट्र बैंकले बढायो वालेटको सीमा, एकैदिन ३० पटकसम्म कारोबार गर्न पाइने


    काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं तिहार छठ जस्ता नेपालीहरूको विशेष पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा वृद्धि गरेको छ । चाडपर्वका समयमा कारोबार धेरै हुने भएकोले राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो ।

    यी ठुला चाडपर्वका अवसरमा अब प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्। हाल एकदिनमा १० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाउने प्रावधान रहेको छ।

    केन्द्रीय बैंकद्वारा जारी परिपत्रमा उल्लेख भएअनुसार दसैंमा असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, दीपावली ९तिहार० तथा छठका अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा प्रदान गरिएको उल्लेख छ।राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरूलाई सोहीअनुसार गर्न गराउन परिपत्रमा निर्देशन दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend