२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 भिसा थ्रीडी कार्ड प्रदान गर्ने पहिलो बैंक बन्यो महालक्ष्मी विकास बैंक 


सञ्चार डबली
  • मंगलबार, असोज २२ २०८१
  • 5.9K
    SHARES

  • images
     भिसा थ्रीडी कार्ड प्रदान गर्ने पहिलो बैंक बन्यो महालक्ष्मी विकास बैंक 


    काठमाडौं । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम महालक्ष्मी विकास बैंकले डलर तथा एन.पी.आर कार्डहरुमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

    यो सुविधा थप भएसँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ, जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुने बैंकको भनाई छ ।

    यस प्रक्रियाअन्तर्गत ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाईन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेजमार्फत एकपटक मात्र प्रयोग हुने पासवर्ड(ओटीपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।

    यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास समेत बैंकले लिएको छ ।

    ३डी सुविधा थप गर्दा मुख्यतया निम्न फाइदाहरु हुनेछन्:

    -यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइनमार्फत हुने ठगीबाट बच्न सक्नेछ्न ।

    -ग्राहकहरुको वित्तीय जानकारी सुरक्षित हुने साथै अनाधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्नेछन्।

    -रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ ।

    -विश्वभर रहेका हजारौं इ­कमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाउँबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्नेछ्न ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend