२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रधानमन्त्री उद्धार कोषमा प्राइम बैंकको रु. ३१ लाख सहयोग


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 6.0K
    SHARES

  • images
    प्रधानमन्त्री उद्धार कोषमा प्राइम बैंकको रु. ३१ लाख सहयोग

    सोमवार, असोज २१, २०८१

    काठमाण्डौ । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहात कोषका लागि रु. ३१ लाख रुपैयाँ सहयोग गरेको छ । आज एक समारोहका बीच बैंकका  सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकको तर्फबाट रु. ३१ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

    बैंकले यो रकम अनपेक्षित रुपमा आएको विध्वंशकारी बाढीपहिरोबाट पीडित भएकाहरुको उद्धार, राहात तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

    सहयोग हस्तान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सञ्चालक तथा उच्च अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend