२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रभु समूहअन्तर्गतका चार वित्तीय संस्थाद्वारा बाढी पहिरो पीडतका लागि १ करोड ७५ लाख सहयोग


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 5.6K
    SHARES

  • images
    प्रभु समूहअन्तर्गतका चार वित्तीय संस्थाद्वारा बाढी पहिरो पीडतका लागि १ करोड ७५ लाख सहयोग

    सोमवार, असोज २१ २०८१
    काठमाडौँ - प्रभु समूह अन्तर्गतका तीन ओटा वित्तीय संस्थाहरूले बाढी पहिरो पीडित परिवारका लागि १ करोड ७५ लाख सहयोग गरेको छ । प्रभु समूहअन्तर्गतका  प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडले उक्त सहयोग गरेको हो ।

    असोज दोस्रो हप्तामा देशका विभिन्न भूभागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको भन्दै उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

    बाढी पहिरो पीडित परिवारका लागि सहायता स्वरूप एवम् नेपाल सरकारलाई पीडीतहरूको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभु समूह अन्तर्गतका उक्त चार संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व सो सहयोग गरेको हो ।

    एक कार्यक्रमकाबिच प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

    प्रभु समूहअन्र्तगतका उल्लेखित संस्थाहरूबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समूहले गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend