२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज शेयर बजारमा हरियाली, कति भयो कारोबार ?  


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 6.2K
    SHARES

  • images
    आज शेयर बजारमा हरियाली, कति भयो कारोबार ?  


    काठमाडौं ।  सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा २७०० विन्दु पार गरेको बजार पुन: १६०० को विन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ । नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा पुगेको छ ।

    आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    प्रि–ओपन सेसनमा ३ अंकले बढेर सुरु भएको शेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो । बजार बढेर ३ पटक सम्म २७०० को विन्दु पार गरेको थियो । तर बजार बन्द हुँदा भने नेप्से बढेर २६९० विन्दु कायम भएको हो । आज बजारमा एक पटक पनि घटेको थिएन । 

    आज २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह ०.७१ प्रतिशतले घटेर ३ हजार ३३१ विन्दुमा र उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले घटेर ७ हजार १५४ विन्दुमा आएको छ । 

    सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.५० प्रतिशतले बढेर ६ हजार ७४९ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले बढेर २०.७० विन्दुमा पुगेको छ । 

    त्यस्तै, वाणिज्य बैंक समूह १.९०, विकास बैंक १.१९ प्रतिशतले, हाइड्रोपावर १.०५ प्रतिशतले, लगानी १.४६ प्रतिशतले, जिवन बीमा १.११ प्रतिशतले, लघुवित्त १.५१ प्रतिशतले, निर्जीवन बीमा ०.८८ प्रतिशतले, अन्य समूह २.६१ प्रतिशतले र ट्रेडिङ समूह १.४६ प्रतिशतले बढेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend