२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कुमारी बैंकको दसैँ दक्षिणा अफर सार्वजनिक, यस्तो छ फाइदा


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 6.5K
    SHARES

  • images
    कुमारी बैंकको दसैँ दक्षिणा अफर सार्वजनिक, यस्तो छ फाइदा


    काठमाडौं । अनवरत रुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप ‘दशैँ दक्षिणा’ अफर ल्याएको छ ।  

    घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिन मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० दक्षिणा प्रदान गर्नेछ ।

    त्यसैगरी एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ बराबरको दशैँ दक्षिणा प्राप्त गर्न सक्ने छन् । लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११:५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    यसप्रकारको प्रोत्साहनले सेवाग्राहीमा चाडबाडमा हुने वित्तीय कारोबार विद्युतीय भुक्तानीका लागि आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

    २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरतासमेत गर्दै आएको छ । बैंकले देशभरका ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईमार्फत सेवा सञ्चालन गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend