२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 बाढी पहिरोबाट क्षतिः पुनर्निर्माणका लागि स्रोतको व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय


सञ्चार डबली
  • आइतबार, असोज २० २०८१
  • 6.6K
    SHARES

  • images
     बाढी पहिरोबाट क्षतिः पुनर्निर्माणका लागि स्रोतको व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय


    काठमाडौं । गत साताको बाढी पहिरोले गर्दा भएको क्षति पुनर्निर्माणका लागि अर्थ मन्त्रालय स्रोतको व्यवस्थापनमा जुटेको छ ।  अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोले ठुलो जनधनको क्षति भएको र उद्धार, राहत तथा पुनर्निर्माणमा ठुलो स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिएका छन् । 

    अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढी पहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायतमा ठुलो क्षति भएको बताए । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भए पनि राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

    यसअघि नेपाल सरकारका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंक लगायत निकायले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend