२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजदेखि सञ्चालनमा आयो मोबाइल एपसहितको नयाँ टीएमएस, यस्ता छन् सुविधा


सञ्चार डबली
  • आइतबार, असोज २० २०८१
  • 6.6K
    SHARES

  • images
    आजदेखि सञ्चालनमा आयो मोबाइल एपसहितको नयाँ टीएमएस, यस्ता छन् सुविधा


     काठमाडौं ।  आजदेखि नयाँ टीएमएस प्रयोगमा आउँदै छ ।सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आजदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेको हो ।

    नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेन्ज ट्रेड्रिङ प्लेटफर्म रहेको छ । यसमा शेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एकभन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाइ छ ।

    मोबाइल एपसहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् । लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था हुन्छ भनिएको छ।

    यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङजस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरु रहेकाले शेयर कारोबार सहज हुनुका साथै चुस्त, छरितो र पारदर्शी हुने दाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend