२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संसदका दुबै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने


सञ्चार डबली
  • मंगलबार, जेठ २३ २०८०
  • 9.5K
    SHARES

  • images
    संसदका दुबै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

    काठमाडौं, २३ जेठ । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुँनेछ । 

     आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । 

     सरकारले प्रस्तुत गरेको बजेट माथी प्रतिनिधिसभा सदयस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो । 

     सो अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर गत आइतवार संसद अवरुद्ध भएको थियो भने बंगलादेश जाने मार्गका लागि कालापानी साटफेर गर्ने विषयमा प्रधानमन्त्री दाहालसँग प्रमुख प्रतिपक्ष दललगायतले जवाफ माग गरे पछि बजेटमाथिको छलफल सहज तरिकाले अघि बढन सकेको थिएन ।  तर, सोमवार प्रधानमन्त्री प्रचण्डले जवाफ दिईसकेकाले बजेटमाथिको छलफललाई निरन्तरता दिन लागिएको हो ।
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend