२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भोलिदेखि खसी बोका र च्याङ्ग्रा बिक्रि गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी


सञ्चार डबली
  • शनिबार, असोज १९ २०८१
  • 10.5K
    SHARES

  • images
    भोलिदेखि खसी बोका र च्याङ्ग्रा बिक्रि गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

     

    काठमाडौं । भोलिदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० रुपैयाँ छुटसहित खसी बोका र च्याङ्ग्रा बिक्रि गर्ने भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका ल्याइएको छ । 

    कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने  भएको छ । च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा बेच्ने भएको छ। गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो ।  उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो । 

    कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend