२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

माछापुच्छ्रे बैंकले ल्यायो २४औं वार्षिकोेत्सव तथा चाडपर्व लक्षित अफर


सञ्चार डबली
  • शुक्रबार, असोज १८ २०८१
  • 7.5K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकले ल्यायो २४औं वार्षिकोेत्सव तथा चाडपर्व लक्षित अफर

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोेत्सवविविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहितभव्य रूपमा मनाईरहेको छ । “उत्सव र सहयोग“भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो । यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षित उल्लासका साथ वार्षिकोत्सव मनाएको छ ।

    हरेकवर्ष असोज १७गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउंदै आएको बैंकले यसवर्ष २४औँ वार्षिकोत्सवको अवसरमाआफ्नाग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदानगर्दै आएको छ भने “उत्सव र सहयोग“भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

    जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

    केहि दिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशीगाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थानब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखाकार्यालयहरुको माध्यमबाट स्थानियतहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ ।

    यसैगरी बैंकले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहकलक्षित विभिन्नअफरहरु संचालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ्गः MBL M SMART (APP) ,डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँग्राहकमहानुभावहरुलाई विशेष छुटको योजना ल्याएको छ । जस अन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकमहानुभावहरुले कार्ड लिदाँपहिलो वर्षको जारी शुल्कमाशत प्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।

     

    बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँचवर्ष अवधीको लागि एकमुष्ट २,४०० मात्रमा प्रदान गरिरहेको छ । साथै बैंकले मोबाइल बैंकिङ्गः MBL M SMART (APP) सेवाको सदस्यता शुल्कमा वार्षिक ५०प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

    देशका हरेक वर्ग र क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यका साथ १६५ शाखाकार्यालयहरु २०१ एटिएम, १११ शाखा रहित बैंकिङ्ग सेवा, १२ एक्सटेन्सन काउण्टर मार्फत १६ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र दिगो कार्यक्रमहरू सञ्चालन गर्दै, सामाजिक उत्तरदायित्वका अभियानहरूलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend