२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य, महँगियो साग र तिते करेला 


सञ्चार डबली
  • बिहीबार , असोज १७ २०८१
  • 6.9K
    SHARES

  • images
    यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य, महँगियो साग र तिते करेला 


    काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहिबार प्याजको मूल्यमा प्रतिकिलो ७ रुपैयाँ घटेको छ । बुधबार प्रतिकिलो १२७.६७ रुपैयाँमा कारोबार गरेको प्याज बिहिबार १२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    त्यसैगरी बुधबारको तुलनामा बिहिबार डल्ले च्याउको मूल्य ५० रुपैयाँले बृद्धि भएको छ । बिहिबार यो च्याउ प्रतिकिलो डल्ले च्याउ ३७६.६७ रुपैयाँमा बिक्री भएको थियो । बुधबार भने प्रतिकिलो ३२६.६७ रुपैयाँमा बिक्री भएको थियो ।

    यस्तै ठूलो गोलभेडा १२०, सानो गोलभेडा ७५, टनेलको सानो गोलभेडा ९५, रातो आलु ८२, मुढे रातो आलु ७५, प्याज १२०, गाजर १४०, बन्दा ६५, स्थानीय काउली ५५, सेतो मुला ३५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ५५, तने बोडी ११६, घिउ सिमी १३५, टाटे सिमी ८५, तिते करेला १०५, लौंका ७५, परवल ११० र चिचिण्डो ७५ रुपैयाँ प्रतिकिलोमा बिहिबार बिक्री भएको छ ।


    यसैगरी घिरौला ९५, पाकेको फर्सी ५५, हरियो डल्ले फर्सी ६५, भिण्डी १२०, बरेला १२५, पिडालु ६५, स्कुस ३५, रायो साग ११०, पालुङगो साग ११०, तोरीको साग ६५, कन्ये च्याउ १८०, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, न्युरो साग ८५, ब्रोकाउली १००, अदुवा १९०, भेडे खुर्सानी १५० र लसुन ३१० रुपैयाँ थोकमा बिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend