२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रिलायन्स फाइनान्सले जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न कर्जा दिने


सञ्चार डबली
  • बिहीबार , असोज १७ २०८१
  • 6.8K
    SHARES

  • images
    रिलायन्स फाइनान्सले जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न कर्जा दिने


    काठमाडौं ।  जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ। यी गाडीका ग्राहकलाई सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल र रिलायन्स फाइनान्सबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।

    सम्झौताअन्र्तगत यी दुवै ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई रिलायन्सले सजिलैसँग ७० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ। फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्शसमेत दिनेछ।

    सम्झौतामा पूजा कन्स्ट्रक्सन नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्। यो सहकार्यले जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय सवारीसाधन किन्न चाहने ग्राहकलाई थप सुविधा हुने र नेपाली बजारमा गाडी खरिद गर्न चाहने ग्राहकको आकांक्षा पूरा हुने अपेक्षा गरिएको छ। ७० प्रतिशतसम्मको कर्जा सुविधाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने कम्पनीको विश्वास छ।

    हायर पर्चेज शीर्षकको उक्त कर्जा ग्राहकले रिलायन्स फाइनान्सको काठमाडौं उपत्यकाको हकमा सीतापाइला शाखाबाट र उपत्यकाबाहिरको हकमा सबै शाखाबाट लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। पूजा कन्स्ट्रक्सन नेपालको प्रतिष्ठित व्यापारिक घराना विशाल ग्रुपअन्तर्गतको कम्पनी हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend