२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल एसबिआई बैंकद्वारा बिराटनगर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 7.7K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा बिराटनगर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण

    काठमाडौं , असोज १६ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी – रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी – रानी ६ लेन सडकमा बृक्षरोपण कार्याक्रमका लागि आर्थिक सहयोग गरेको छ । 

    उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख, श्री रबिन घिमिरेले बिराटनगर महानगरपालिकाका मेयर, श्री नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend