२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 ८७ करोड रुपैयाँ लगानी गर्ने तयारीमा राष्ट्र बैंक


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 6.8K
    SHARES

  • images
     ८७ करोड रुपैयाँ लगानी गर्ने तयारीमा राष्ट्र बैंक


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ८७ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको उक्त रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

    राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ६९ करोड ६० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १३ करोड ५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४ करोड ३५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

    मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले असोज १८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक ४ गतेदेखि २०८२ वैशाख ६ गतेसम्म १८१ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend