२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा उद्धार कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण


सञ्चार डबली
  • मंगलबार, असोज १५ २०८१
  • 5.8K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकद्वारा उद्धार कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण

    मंगलवार, असोज १५ २०८१
    काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले मंगलबार सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले बैंकप्रति धन्यवाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए ।

    मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा रु एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend