२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ?


सञ्चार डबली
  • सोमबार, जेठ २२ २०८०
  • 9.0K
    SHARES

  • images
    नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ?

    काठमाडौं, २२ जेठ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले दुई दुईपटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरेका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा संवैधानिक व्यवस्था उद्धृत गर्दैै उनले दुई दुईपटक सदनले पारित गरेर प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी संवैधानिक बाध्यता हुँदा पनि प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिमाथि कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरे । साथै उनले कारबाही नै गर्नुपर्ने बताए ।

    राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता पठाएकी थिइन् । यसपछि फेरि उक्त विधेयकमाथि छलफल गर्दै दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेर राखेकी थिइन् । उक्त कार्य कानुनविपरीत रहेको भन्दै सांसद सिंहले उनलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend